समाचार

परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच वार्ता सम्पन्न

परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच वार्ता सम्पन्न

काठमाडौँ। भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच सोमबार भेटवार्ता भएको छ। जयशंकरले नेपालकी परराष्ट्रमन्त्रीलाई स्वागत गर्दै X.com मा “नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारत भ्रमणमा स्वागत छ। हाम्रो वार्ताको प्रतिक्षा गर्दैछु।” भनेर ट्वीट गरेका छन्।

परराष्ट्रमन्त्री राणाको यो पहिलो भारत भ्रमण हो र यो भ्रमण जयशंकरको निमन्त्रणामा भएको हो। द्विपक्षीय वार्ताका क्रममा देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री राणाले आज नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने बताइएको छ, तर समय भने तय भएको छैन।

मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आइतबार बेलुकी नेपाली दूतावास बाह्रखम्बामा रात्रिभोज समेत आयोजना गरेका छन्

एस जयशंकर आरजु देउवा