समाचार

सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा पुनर्स्थापित

सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा पुनर्स्थापित

सोलुखुम्बु, खुम्बु गाउँपालिका-५, थामेमा नेपाल टेलिकमले आफ्नो मोवाइल सेवा पुनः सुचारु गरेको छ। गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले खुम्बु बिजुली कम्पनीमा समस्या उत्पन्न गराएपछि विद्युत सेवा अवरुद्ध भएको थियो। यसले गर्दा नाम्चे, खुमजुंग, पानी ट्यांकी, फोट्से लगायतका क्षेत्रमा रहेका द्यत्क् टावरहरु बन्द भएका थिए।

नेपाल टेलिकमले ती टावरहरुलाई पुनः सञ्चालनमा ल्याउँदै, नाम्चे, खुमजुंग, पानी ट्यांकी, फोट्से लगायतका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुनर्स्थापित गरेको छ। अब यस क्षेत्रमा मोवाइल सेवाको पहुँच पुनः सुचारु भइसकेको छ। 

उक्त क्षेत्रमा संचार सेवामा आएको अवरोध हटेसँगै स्थानीय बासिन्दा तथा पर्यटकहरुले राहत महसुस गरेका छन्।