समाचार

रास्वपाले डा. मुकुल ढकाललाई पाँचौं पटक स्पष्टीकरण सोध्ने निर्णय

रास्वपाले डा. मुकुल ढकाललाई पाँचौं पटक स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उनलाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण माग्ने निर्णय गरेको हो। यो निर्णयसँगै रास्वपाले डा. ढकाललाई पाँचौं पटक स्पष्टीकरण सोधेको हो।

यसअघि, रास्वपाले पार्टी हितविपरीत गतिविधि गरेको आरोप लगाउँदै डा. ढकाललाई साधारण सदस्यता कायम राख्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट हटाउने निर्णय गरेको थियो। तर, डा. ढकालले भने आफू अझै पनि कानुनी रूपमा पार्टीको महामन्त्री र प्रवक्ता रहेको दाबी गर्दै आएका छन्। उनले निर्वाचन आयोगमा समेत रास्वपाको निर्णय कानुन विपरीत भएको भन्दै निवेदन दिएका छन्।

अब, रास्वपाले स्पष्टीकरणको जवाफ नआएमा वा चित्तबुझ्दो जवाफ नदिएमा उनलाई पार्टीबाट निष्कासन गर्ने तयारी गरेको छ। डा. ढकालको भविष्य र पार्टीभित्रको असमझदारीले रास्वपाको आगामी रणनीतिमा कस्तो प्रभाव पार्नेछ, त्यो भने हेर्न बाँकी छ।