समाचार

कांग्रेस नेताको पत्नीले शेरबहादुर देउवाविरुद्ध यस्तो आरोप, मञ्चबाट गरिन् खुलासा!

कांग्रेस नेताको पत्नीले शेरबहादुर देउवाविरुद्ध यस्तो आरोप, मञ्चबाट गरिन् खुलासा!

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एक अनौठो आरोपको सामना गर्नुपर्‍यो। 'स्कुल अफ डेमोक्रेसी' संस्थाले नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरिको दोस्रो स्मृति दिवसको अवसरमा आयोजना गरेको 'निष्ठा, नैतिकता र राजनीति' विषयक संवाद कार्यक्रममा देउवालाई प्रदीप गिरिकी पत्नी भारतीय सिलवालले एउटा पुरानो किताब फिर्ता नगरेको आरोप लगाइन्।

भारती सिलवालले मञ्चबाटै देउवालाई सम्बोधन गर्दै भनिन्, "शेरबहादुरजी लन्डनबाट फर्किंदा मेरो जयकृष्णमूर्तिको किताब बिना अनुमतिसँगै लिएर जानुभयो। उहाँ गृहमन्त्री, पाँच पटक प्रधानमन्त्री भइसक्नुभयो, छैटौँपटक प्रधानमन्त्री हुने सम्भावना छ, तर उहाँले मेरो किताब अझै फिर्ता गर्नुभएको छैन। म त्यो किताबको प्रतीक्षामा छु।"

भारतीको यो व्यंग्यपूर्ण टिप्पणीले कार्यक्रमस्थलमा हाँसोको माहोल सिर्जना गर्यो, भने देउवा पनि हाँस्दै भने, "मलाई त्यो किताब लगेको सम्झना छैन, तर किताबले मलाई फाइदै गरेको हुनसक्छ। उहाँलाई धन्यवाद दिन चाहन्छु।"