कभर स्टोरी

भैंसीको प्रतिकारमा बाघको मृत्यु

भैंसीको प्रतिकारमा बाघको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका–६, प्रतापपुरमा भैंसीमाथि आक्रमण गर्न आएको बाघ मृत अवस्थामा फेला परेको छ। बलबहादुर राईको गोठमा भैंसी घाइते अवस्थामा र बाघ मृत भेटिएको हो।

स्थानीयहरूले बाघ भैंसीको प्रतिकारमा मारिएको अनुमान गरेका छन्। बाघले आक्रमण गर्दा भैंसीले प्रत्याक्रमण गरेपछि बाघको मृत्यु भएको हुनसक्ने बताइएको छ। मृत बाघलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ।