समाचार

नरेश निर्दोष? कानुनी प्रतिनिधिको ठोस प्रमाण नभएको तर्क

नरेश निर्दोष? कानुनी प्रतिनिधिको ठोस प्रमाण नभएको तर्क

ममता काफ्ले भट्ट हराएको घटनामा नरेश भट्टलाई प्रहरीले बुधबार राति प्रमुख शंकास्पदको रूपमा संलग्न भएको आरोप लगाएपछि शव लुकाएको अभियोग लगाइएको छ। नरेश भट्टलाई बिहीबार बिहान घरबाट गिरफ्तार गरी, बिना धरौटी हिरासतमा राखिएको छ ।

प्रिन्स विलियम काउन्टीका आम वकिल एमी एस्वर्थ र म्यानासस प्रहरी प्रमुख मारियो लुगोले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै नरेश भट्टलाई ममताको हराएको घटनामा पक्राउ गरिएको जनाएका छन्। ममताको शव फेला नपरे पनि, घरमा खोजतलास गर्दा थप प्रमाणहरू फेला परेको बताइएको छ, जसको विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन।

ममताको पति नरेश भट्टका कानुनी प्रतिनिधिले भने, "यो घटनामा ठोस प्रमाण छैन, र नरेशलाई दोषी ठहर गर्न पर्याप्त प्रमाणहरू छैनन्।" यो दाबीले नरेशलाई निर्दोष ठहर गर्न कानुनी लडाइँ जारी रहेको देखाउँछ।''

ममता काफ्ले भट्टलाई जुलाई ३१ देखि हराइरहेको र उनका सहकर्मीहरूले अगस्त २ मा उनको सुरक्षाको लागि प्रहरीलाई जानकारी गराएका थिए। उनका पति नरेशले अगस्त ५ मा ममता हराएको रिपोर्ट गरेका थिए। प्रहरीले यो घटना बारे अनुसन्धान गर्दै १० वटा खोज वारंट जारी गरेको र सयौं साक्षात्कार गरिसकेको जनाएका छन्।

ममताको बारेमा जानकारी भएमा म्यानासस पार्क प्रहरीलाई ७०३-३६१-११३६ वा म्यानासस/म्यानासस पार्क क्राइम सोल्वर्सलाई ७०३-३३०-०३३० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।


अमेरिकी सैनिक पृष्ठभूमिका पति द्वारा क्रूर हत्या आरोप, ममता काफ्लेको हराइ रहस्यमय

ममता काफ्ले भट्ट