समाचार

मुग्लिन नजिकै पहिरो: दुबैतर्फ सवारी साधनको लामो लाइन

मुग्लिन नजिकै पहिरो: दुबैतर्फ सवारी साधनको लामो लाइन

मुग्लिन–मलेखु सडकखण्डमा पहिरोले सडक अवरुद्ध हुँदा दुबैतर्फ ठूलो ट्राफिक जाम भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार, पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

पहिरो पन्छाएर सडक सुचारु गर्न प्रयास जारी रहेको निरीक्षक भण्डारीले बताइन्। उनले ठूलो पहिरो पन्छाउन केही समय लाग्ने बताइन्।