नेपालमा भारतीय विदेश सचिवको आगमन: किन यो भ्रमण विशेष छ?

नेपालमा भारतीय विदेश सचिवको आगमन: किन यो भ्रमण विशेष छ?

भारतका विदेश सचिव श्री विक्रम मिस्री, जसलाई चीन मामिलामा विशेषज्ञको रूपमा चिनिन्छ, मिति २०८१ श्रावण २७ देखि २८ गतेसम्म नेपालको औपचारिक भ्रमणमा आउनु हुँदैछ। यो भ्रमण नेपालका परराष्ट्र सचिव श्री सेवा लम्सालको विशेष निमन्त्रणामा हुँदैछ। श्री मिस्रीको यो भ्रमणले दुई देशबीचको लामो समयदेखि कायम रहेको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनेछ, जसले भारतले "छिमेकी पहिलो" नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई दिने विशेष प्राथमिकतालाई प्रतिबिम्बित गर्नेछ।

भारत र नेपालबीचको सम्बन्ध सदियौं पुरानो सभ्यतागत, साँस्कृतिक, र जनता–जनताबीचको घनिष्टतामा आधारित छ। पछिल्ला वर्षहरूमा, भारत सरकारको सहयोगमा नेपालमा महत्वपूर्ण पूर्वाधार परियोजनाहरू सम्पन्न भएका छन्, जसले दुई देशबीचको कनेक्टिभिटीलाई थप मजबुत बनाएको छ। नयाँ परियोजनाहरू अघि बढ्दै गर्दा, द्विपक्षीय सहकार्यले गति लिइरहेको छ, जसले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाइरहेको छ।

चीनसँगको सम्बन्धमा गहिरो ज्ञान र अनुभव भएका विक्रम मिस्रीको यो भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। नेपालको रणनीतिक स्थानले क्षेत्रीय शक्ति सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बेला, श्री मिस्रीको यो भ्रमणले दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउने अवसर प्रदान गर्नेछ।

संम्बधित खबर