बङ्गलादेशको अत्याचार विरुद्ध नेपाल एकजुट: सर्वपक्षीय बैठकका चौंकाउने निर्णय!

बङ्गलादेशको अत्याचार विरुद्ध नेपाल एकजुट: सर्वपक्षीय बैठकका चौंकाउने निर्णय!

काठमाडौं— बङ्गलादेशमा हिन्दू र बौद्ध धर्मावलम्बीहरू माथि भइरहेका अत्याचारहरूको विरोधमा नेपालका विभिन्न धार्मिक, राजनीतिक, र सामाजिक संघ-संगठनहरूको सर्वपक्षीय बैठक सम्पन्न भएको छ। राष्ट्रिय एकता अभियानको समन्वयमा आयोजित यस बैठकमा सहभागीहरूले बङ्गलादेशका हिन्दू र बौद्ध धर्मावलम्बीहरूको संरक्षणका लागि महत्त्वपूर्ण निर्णयहरू गरेका छन्।

बैठकको अध्यक्षता अभियानका केन्द्रिय अध्यक्ष विनय यादवले गरेका थिए। बैठकमा प्रतिनिधि सभा सदस्य किरण साह, विश्लेषक एवं पूर्व प्रधानमन्त्रीका परराष्ट्र सलाहकार अरुण कुमार सुवेदी, नेपाल सनातन धर्म संस्कृति संगठनका पुष्पराज पुरुष, विश्व हिन्दू महासंघका अर्जुन वस्तोला, इस्कॉनका शैलेन्द्र प्रभुजी, श्री कृष्ण प्रणमी सेवा समितिका श्याम कृष्ण शर्मा, धार्मिक अभियंता खेमनाथ आचार्य, विश्व हिन्दू महासंघ राष्ट्रिय समितिका महासचिव रामचंद्र तिवारी, वरिष्ठ पत्रकार एवं विश्लेषक युगनाथ शर्मा पौडेल, श्री नेपाल वैदिक संचार केन्द्रकी घमा भट्टराई, जरो किलो पार्टीका महासचिव प्रकाश श्रेष्ठ, नागरिक शक्ति नेपालका महासचिव ॐ ढकाल, र दीपक सिंह महर्जन लगायतको उपस्थिति रहेको थियो।

बैठकमा सहभागीहरूले बङ्गलादेशका हिन्दू र बौद्ध धर्मावलम्बीहरूलाई नेपालमा शरण दिन नेपाल सरकारलाई दवाव दिने निर्णय गरेका छन्। साथै, परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेश सरकारलाई हिन्दू र बौद्ध धर्मावलम्बीहरू माथि भइरहेको दमन रोक्न कुटनीतिक नोट पठाउन आग्रह गर्ने निर्णय गरिएको छ।

बैठकमा सहभागीहरूले बङ्गलादेशको दूतावास घेराउ गर्ने योजना बनाएका छन्। यस कार्यक्रमको उद्देश्य बङ्गलादेश सरकारलाई हिन्दू र बौद्ध धर्मावलम्बीहरू माथि भइरहेको अत्याचारको विरुद्धमा कडा सन्देश पठाउनु हो।

बैठकमा बङ्गलादेशमा भएका अत्याचारहरूको विरोधमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन र नेपाल सरकारलाई कूटनीतिक माध्यमबाट प्रभावकारी कदम चाल्न आग्रह गर्ने निर्णय गरिएको छ। सहभागीहरूले बङ्गलादेशमा भइरहेको क्रूरतापूर्ण घटनाहरूको विरोधमा सबैलाई एकजुट भएर लड्न आह्वान गरेका छन्।

यस बैठकले बङ्गलादेशका हिन्दू र बौद्ध धर्मावलम्बीहरूको संरक्षणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ। सहभागीहरूले बङ्गलादेशमा भइरहेका अत्याचारहरूको अन्त्य गर्न सबैको सहयोग अपरिहार्य रहेकोमा जोड दिएका छन्।

संम्बधित खबर