मनोरञ्जन

क्याटरिना वेलेन्टको निधन!

क्याटरिना वेलेन्टको निधन!

विश्वविख्यात गायिका क्याटरिना वेलेन्टको ९३ वर्षको उमेरमा निधन भएको छ। स्विस समाचार पोर्टल स्विस इन्फो.सीएचले उनका प्रेस प्रवक्ता गुन्थुर ह्यूबरलाई उद्धृत गर्दै यो दुखद खबर सार्वजनिक गरेको हो।

ह्यूबरका अनुसार, वेलेन्ट स्विट्जरल्याण्डको लुगानोमा रहेको आफ्नो निवासमा बस्दै आएकी थिइन्, र उनले ९ सेप्टेम्बरमा अन्तिम स्वास लिइन्। ‘अल पेरिस इज ड्रीमिङ अफ् लभ’ गीतले विश्वभरि उनलाई ख्याति दिलायो। १९५० र १९६० को दशकमा उनले गाएका कालजयी गीतहरूले उनलाई संगीत जगतमा अमर बनायो।

वेलेन्टका लोकप्रिय गीतहरूमा "गेन्ज पेरिस ट्रोमट वान डेर लीबे", "त्सचाउ, त्सचौ, बम्बिना", र "इट्सी बिट्सी टीनी वेनी होनोलूलू स्ट्र्यान्डबिकिनी" जस्ता कृतिहरू विशेष स्थानमा रहेका छन्। उनले जर्मन, इटालियन, फ्रेन्च, अङ्ग्रेजी लगायत धेरै भाषाहरूमा गीत गाएकी थिइन्। चांसन, ज्याज, र पप संगीतमा उनले नयॉं रंग र अंदाज दिएर श्रोताहरूलाई मन्त्रमुग्ध पारिन्।

सन् २००५ मा, वेलेन्टले सार्वजनिक जीवनबाट विश्राम लिई आफ्नो निजी जीवनमा फर्किन्, तर उनी फेसबुकमा सक्रिय थिइन्। १९३१ मा पेरिसमा जन्मिएकी वेलेन्टको पारिवारिक पृष्ठभूमि इटालियन सङ्गीतमा आधारित थियो, जसले उनलाई साङ्गीतिक यात्रामा प्रेरित गर्यो।