समाचार

भारतको ४७.४ करोड अनुदानले नेपालका १२ ठूला परियोजना! स्वास्थ्य, शिक्षा, कृषि र खानेपानीमा क्रान्ति!

भारतको ४७.४ करोड अनुदानले नेपालका १२ ठूला परियोजना! स्वास्थ्य, शिक्षा, कृषि र खानेपानीमा क्रान्ति!

काठमाडौं: नेपालका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा ठूला प्रगतिशील कदम उठाउन भारतीय सरकारको ४७.४ करोड रुपैयाँ अनुदानबाट १२ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। भारतीय राजदूतावास, नेपाल सरकारका विभिन्न मन्त्रालय र स्थानीय निकायहरुले आज काठमाडौंमा यो ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन्।

परियोजनाहरुको सूचीमा के के छन्?
ओखलढुङ्गा, भोजपुर, मोरङ, चितवन, सोलुखुम्बु, सुनसरी लगायतका १२ विभिन्न जिल्लाहरुमा विद्यालय भवन निर्माणदेखि आँखा अस्पतालको अपरेशन थिएटर निर्माणसम्मका योजनाहरु छन्। विशेष गरी ओखलढुङ्गाको सिद्घिचरण नगरपालिका र सप्तरीको सुरुङ्गा नगरपालिकामा विद्यालय भवन, सोलुखुम्बुको सोताङ गाउँपालिकामा खानेपानी आयोजना, बाजुरामा कृषि प्रवद्र्घन केन्द्र भवन निर्माण, धादिङमा स्वास्थ्य चौकी–प्रसुति केन्द्र र दाङमा आँखा अस्पताल निर्माण गरिनेछ।

स्थानीय समुदायमा सुधार आउने अपेक्षा
यी परियोजनाहरुले स्थानीय समुदायलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र कृषि सुविधाहरु पुर्‍याउनेछन्। साथै, भारतीय अनुदानले नेपाली जनताका लागि आवश्यक पूर्वाधार विकासमा ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ।

भारतले २००३ देखि नै नेपालमा ५०० भन्दा बढी परियोजना सम्पन्न!
भारतले सन् २००३ यता नेपालका सातै प्रदेशमा ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अगाडि बढाइसकेको छ भने हालसम्म ४९० परियोजनाहरु पूरा भइसकेका छन्। भारत र नेपालबीचको नजिकको सहकार्यले यसरी दुबै देशका लागि फाइदा पुर्‍याउने परियोजनाहरुलाई निरन्तरता दिइरहेको छ।

नेपालमा भारतको यो नयाँ कदमले शिक्षा, स्वास्थ्य, कृषि र खानेपानी क्षेत्रमा ठूला सुधार ल्याउनेछ र नेपालको समृद्धि र विकासमा सहयोग पुर्‍याउनेछ।