समाचार

रामदेव र प्रचण्डकी छोरीले मनाए तीज: हरिद्वारमा नेपाल-भारतको ऐतिहासिक मिलन!

रामदेव र प्रचण्डकी छोरीले मनाए तीज: हरिद्वारमा नेपाल-भारतको ऐतिहासिक मिलन!

नयाँ दिल्ली— भरतपुरकी मेयर तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री रेणु दाहालले हरिद्वारमा आयोजित हरितालिका तीज महोत्सव २०८१ मा बाबा रामदेव र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णसँगै सहभागी भइन्। हरितालिका तीजको यो विशेष कार्यक्रम "हाम्रो स्वाभिमान ट्रष्ट" हरिद्वारद्वारा आयोजना गरिएको थियो, जहाँ नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने प्रयास गरिएको देखियो।

यस महोत्सवमा बाबा रामदेवले तीज पर्वको महत्त्व र यसले महिलाहरूको जीवनमा ल्याउने सकारात्मक ऊर्जा बारे आफ्नो धारणा प्रस्तुत गरे। उनले यस पर्वले महिलाहरूको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई प्रवर्द्धन गर्ने कुरा जोड दिए। रेणु दाहालको सहभागिताले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझै सुदृढ बनाएको छ।

आयुर्वेदका शिरोमणि आचार्य बालकृष्ण, जो नेपालका पूर्व नागरिक हुन्,ले पनि यस महोत्सवमा आफ्नो उपस्थिति जनाउँदै नेपाली र भारतीय संस्कृतिहरू बीचको गहिरो सम्बन्ध र साझेदारीको चर्चा गरे। नेपाल र भारतले साझा सांस्कृतिक सम्पदा, परम्परा र धार्मिक मूल्यहरू बाँडेको भन्दै उनले यी कार्यक्रमहरूले दुई देश बीचको जनस्तरको सम्बन्धलाई अझ बलियो बनाउन मद्दत गर्ने बताए।

हरितालिका तीजले महिलाहरूको शारीरिक र मानसिक आरोग्यता, परिवारप्रतिको जिम्मेवारी, र सामाजिक एकतालाई दर्शाउने नेपाली हिन्दू परम्पराको महत्वपूर्ण पर्व हो। तीज महोत्सवले नेपाली र भारतीय महिलाहरूलाई एकै ठाउँमा भेला गराएर एकआपसको संस्कृतिमा माया, सद्भाव र सम्मानको आदानप्रदान गर्ने अवसर पनि प्रदान गर्छ।

यस विशेष अवसरले नेपाल र भारत बीचको साझा सांस्कृतिक जरा, विश्वास, र संस्कृतिलाई बलियो बनाउने संकेत दिएको छ।