बालेनले रोके चिनियाँ सांस्कृतिक अतिक्रमण, जे गरे राम्रो गरे!
चिनियाँहरुको परम्परागत नयाँ वर्ष र वसन्त चाड आगामी बुधबारदेखि शुरु हुँदैछ। यो चाड चीन र अन्य धेरै मुलुकमा विशेष धूमधामका साथ मनाइन्छ। नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न तयारी भइरहेको छ। यस वर्ष, नेपाल भ्रमण वर्षका रूपमा चिनियाँ सरकार विशेष कार्यक्रमहरू आयोजना गर्दैछ, जसमा लुम्बिनीमा म्याराथन दौड र अन्य समारोहहरू समावेश छन्। यसका साथै, दुई मुलुकबीचको कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सवका अवसरमा विशेष समारोहहरू आयोजित गरिने छन्।
तर, काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चिनियाँ दूतावासका कार्यक्रमहरूमा अवरोध पुर्याएका छन्। उनले ठमेल र रत्नपार्कमा आयोजना हुने चिनियाँ नयाँ वर्षको कार्यक्रमलाई अनुमति नदिने निर्णय गरेका छन्। यस मुद्दामा प्रधानमन्त्री कार्यालयले चिन्ता व्यक्त गरेको छ, र यसले नेपाल र चीन बीचको कूटनीतिक सम्बन्धलाई असर पुर्याउन सक्छ भन्ने चिन्ता पनि उठाइएको छ।
चिनियाँ दूतावासले रत्नपार्कमा शान्त लालटिन महोत्सवको आयोजना गर्न अनुमति मागेका थिए, र यस कार्यक्रमलाई सह-आयोजकका रूपमा नेपाल ओभरसिज चाइनिज एसोसिएसन र तामाङ्ग समुदायले समर्थन गरेका थिए। यद्यपि, मेयर बालेन साहले उक्त कार्यक्रमलाई रोक्ने निर्देशन दिएका थिए। यसैबीच, महानगरपालिकाका अधिकारीहरूले कार्यक्रम स्थगित नगरी रिङरोड क्षेत्रमा आयोजना गर्नको लागि सुझाव दिएका छन्।
यस घटनामा, महानगरका अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठीले भनेका छन् कि चिनियाँ दूतावासको कार्यक्रम रोकिएको छैन, तर यसको स्थान र समय सन्दर्भमा सुझाव दिइएको छ। उनले भने, “कोर एरिया भएकाले ट्राफिक जाम हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै कार्यक्रमस्थल सार्न सुझाइएको हो।”
यसको अर्थ, चिनियाँ नयाँ वर्षको परम्परागत कार्यक्रमलाई काठमाण्डौको मुख्य क्षेत्रबाट हटाएर रिङरोडमा स्थानान्तरण गर्ने सुझाव गरिएको छ। यद्यपि, यस विवादले कूटनीतिक सम्बंधमा थप जटिलता ल्याउने संभावना रहेको छ।