समाचार

जेन–जी आन्दोलनमा गोली लागी घाइते भएका दिपेन्द्र बस्नेतले पाए घाइते परिचयपत्र

जेन–जी आन्दोलनमा गोली लागी घाइते भएका दिपेन्द्र बस्नेतले पाए घाइते परिचयपत्र

काठमाडौं । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका दैलेखका २८ वर्षीय दिपेन्द्र बस्नेतलाई सरकारले घाइते परिचयपत्र वितरण गरेको छ।

बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुजनकुमार वर्देवाले माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमै पुगेर बस्नेतसहित अन्य घाइतेलाई परिचयपत्र हस्तान्तरण गरेका हुन्। दिपेन्द्रको परिचयपत्र उनकी पत्नी संगीता बस्नेतले ग्रहण गरिन्।

घटनाको २२ दिनपछि प्रदान गरिएको यस परिचयपत्रसँगै उनीहरूलाई उपचार, पुनःस्थापना र राहत प्रक्रियामा सहज हुने अपेक्षा गरिएको छ।

जेन–जी आन्दोलनको पहिलो दिन अर्थात् भदौ २३ गते प्रहरीको गोली लागेर ढलेका बस्नेत हाल अन्नपूर्ण न्युरो अस्पतालमै उपचाररत छन्। टाउकोमा गोली लागेको कारण उनी गम्भीर घाइते भएका थिए। चिकित्सकका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।

gen z