समाचार

काठमाडौं उपत्यकामा चहलपहल बढ्यो, टीका लगाएर फर्किनेको भीड

काठमाडौं उपत्यकामा चहलपहल बढ्यो, टीका लगाएर फर्किनेको भीड

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महान् चाड वडादसैंको मुख्य दिन टीका लगाउने साइत सकिएपछि काठमाडौं उपत्यकामा चहलपहल बढेको छ।

तीन दिनयता सुनसान बनेको राजधानीमा बिहीबार अपराह्नदेखि मानिसहरूको हिँडडुल तथा सवारी चाप उल्लेख्य रूपमा बढेको हो। विशेषगरी काठमाडौंको कोटेश्वर, कलंकी, गंगबु, महाराजगन्ज लगायतका मुख्य क्षेत्र र भित्रि सडकहरूमा पनि मानिसहरूको भीड देखिएको छ।

टीका ग्रहणका लागि आफन्तको घर जाने र जिल्लाबाहिरबाट फर्किनेहरूको चाप बढेसँगै सडकहरूमा भीड बढेको प्रहरीले जनाएको छ। बडादसैंको परम्पराअनुसार मान्यजनको हातबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा ग्रहण गरेपछि आफन्त भेटघाटका लागि निस्किने चलनले उपत्यका फेरि चहलपहलपूर्ण भएको हो।

dashain