समाचार

राष्ट्रपति पौडेलको शुभकामना: “सत्य, धर्म र न्यायको विजयको प्रतीक हो दशैं”

राष्ट्रपति पौडेलको शुभकामना: “सत्य, धर्म र न्यायको विजयको प्रतीक हो दशैं”

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन्।

बडादसैं २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै उनले सुख, शान्ति, प्रगति र समृद्धिको मंगलकामना गरेका हुन्।

राष्ट्रपति पौडेलले वडादसैं सत्य, धर्म र न्यायको विजयको प्रतीक भएको उल्लेख गर्दै नवदुर्गा भवानीको प्रसाद स्वरूप टीका, जमरा र आशिर्वाद ग्रहण गर्ने यस पर्वले राष्ट्रमा मेलमिलाप, सद्भाव र समृद्धि ल्याउने विश्वास व्यक्त गरे।

उनले बडादसैं २०८२ ले सम्पूर्ण विश्वमा शान्ति र मानव कल्याणको सन्देश दिने विश्वास पनि व्यक्त गरेका छन्।

dashain