समाचार

प्रधानमन्त्री कार्कीले यस वर्ष टीका नलगाउने निर्णय

प्रधानमन्त्री कार्कीले यस वर्ष टीका नलगाउने निर्णय

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष बडादसैंको टीका नलगाउने निर्णय गरेकी छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, जेन–जी आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाउनु परेको र सयौं घाइते भएका अवस्थाले देशमा गहिरो पीडा पैदा गरेको भन्दै यसपालि टीका नलगाउने निर्णय गरिएको हो।

सचिवालयले विज्ञप्तिमार्फत जनाएको छ, “बडादसैं परम्परागत रूपमा हर्षोल्लासका साथ मनाइने पर्व भए पनि वर्तमान परिस्थितिले गर्दा प्रधानमन्त्रीले टीका नलगाउने निर्णय गर्नुभएको छ, सर्वसाधारणलाई पनि टीका नलगाउन आग्रह गरिएको छ।”

यसअघि प्रधानमन्त्री कार्कीले देशमा स्थायित्व र मेलमिलाप कायम गर्न सबै नेपाली एकजुट भएर पीडित परिवार र घाइतेहरूलाई सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताएकी थिइन्।