सप्तरीमा स्रोत नखुलेको २३ लाख नगदसहित दुई जना पक्राउ
                                सप्तरी — स्रोत नखुलेको २३ लाख रुपैयाँसहित दुई जना व्यक्ति सप्तरीको सुरूङगा नगरपालिका–२ बाट पक्राउ परेका छन्। आइतबार राति इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको टोलीले जाँचका क्रममा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा झापा दमक नगरपालिका–५ का २८ वर्षीय किरण सिटौला र १९ वर्षीय धिरज प्रसाई रहेका छन्। प्रहरीका अनुसार बा.प्रदेश ०१–०२८ च ५००८ नम्बरको पिकअप गाडी कदमाहाबाट गाईघाटतर्फ जाँदै गर्दा रोकि जाँच गर्दा नगद फेला परेको हो।
प्रहरीले उक्त रकमको स्रोत नखुलेपछि दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।