समाचार

चिनियाँ ‘मिसाइल मेन’ राजिब झाले बन्द गरे फेसबुक, बालेनमाथि व्यक्तिगत प्रहारपछि चर्कियो विवाद!

चिनियाँ ‘मिसाइल मेन’ राजिब झाले बन्द गरे फेसबुक, बालेनमाथि व्यक्तिगत प्रहारपछि चर्कियो विवाद!

काठमाडौँ — काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) र उनकी धर्मपत्नीमाथि गालीगलौज र मानमर्दन गरेपछि चीनमा कार्यरत मधेसी मूलका प्राध्यापक डा. राजिव झाले आफ्नो फेसबुक खाता डिएक्टिभेट गरेका छन्। लोकप्रिय मेयरको परिवारमाथि व्यक्तिगत र अपमानजनक टिप्पणी गरेपछि उनी तीव्र आलोचनाको केन्द्र बनेका हुन्।

डा. राजिव झा लामो समयदेखि चीनमा अनुसन्धान र अध्यापनमा संलग्न रहेका व्यक्तित्व हुन्। नेपालमा चीनसम्बन्धी विषयमा उनी प्रायः “लबीस्ट” (Lobbyist) का रूपमा परिचित छन्। उनीमाथि चीनको हितमा सक्रिय रूपमा काम गरेको आरोप पहिलेदेखि लाग्दै आएको छ।

डा. झाले केही वर्षअघि चीनविरुद्ध समाचार प्रकाशन गर्ने मिडियालाई धम्की दिएका थिए। उनले प्रेस काउन्सिल नेपालमै उपस्थित भएर पत्रकारहरूलाई चेतावनी दिँदै भनेका थिए — “चीनले ज्यान दिन पनि सक्छ, लिन पनि सक्छ।”

त्यसैगरी, हुम्ला क्षेत्रमा चिनियाँ सेनाको गतिविधि र सीमाअतिक्रमणसम्बन्धी रिपोर्टिङ नगरियोस् भनेर सञ्चारमाध्यमहरूलाई दबाब दिएको आरोप पनि उनीमाथि छ। झन् विवादास्पद रूपमा, उनले चार वर्षअघि भनेका थिए — “यदि नेपाल सरकारले सीमाअतिक्रमणको रिपोर्ट सार्वजनिक गर्‍यो भने चीनले मिसाइल हान्न सक्छ।”

उनको पछिल्लो पोस्टले फेरि नयाँ विवाद ल्याएको छ। मेयर बालेन र उनकी पत्नीमाथि व्यक्तिगत टिप्पणी गरेपछि सामाजिक सञ्जालमा उनीविरुद्ध व्यापक विरोध भएको छ। धेरैले उनलाई “विद्वानको आवरणमा लुकेको चरमपन्थी प्रचारक” भनेका छन्।

फेसबुक खाता बन्द गरे पनि उनको पोस्टका स्क्रिनसट र समाचारहरू अहिले पनि विभिन्न प्लेटफर्महरूमा तीव्र रूपमा भाइरल भइरहेका छन्। विश्लेषकहरूले यस घटनालाई “विदेशी प्रभाव र व्यक्तिगत घृणाको खतरनाक मिश्रण” का रूपमा व्याख्या गरेका छन्।

डा. राजिव झा बालेन्द्र शाह