समाचार

मुख्यमंत्री सरोज यादवलाई कालो झंडा, मदरसा बिधयेक खारेजी को मांग 

मुख्यमंत्री सरोज यादवलाई कालो झंडा, मदरसा बिधयेक खारेजी को मांग 

जनकपुरधाम, मधेश प्रदेश — मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक तत्काल खारेज गर्नुपर्ने मागसहित राष्ट्रिय एकता अभियानका नेता तथा कार्यकर्ताहरूले आज जनकपुरधाममा मुख्यमन्त्री सरोज यादवविरुद्ध कडा प्रदर्शन गरे। प्रदेश सभातर्फ प्रवेश गरिरहेका मुख्यमन्त्रीलाई लक्ष्य गर्दै प्रदर्शनकारीहरूले कालो झण्डा देखाउँदै घेराबन्दी प्रयास गर्दा केहीबेर वातावरण तनावग्रस्त बनेको थियो।

अभियानका कार्यकर्ताहरूले
“मदरसा विधेयक खारेज गर,”
“मुस्लिम तुष्टिकरण बन्द गर,”
“राष्ट्रिय सुरक्षामा चुनौती,”
“यो विधेयक अस्वीकार्य,”
“मजहबी शिक्षा खारेज गर,”
“आतंकवादी शिक्षा खारेज गर,”
“राष्ट्रिय एकता अभियान जिन्दावाद”

जस्ता नारा लगाउँदै सरकारको निर्णयप्रति कडा आपत्ति जनाए। साथै मुख्यमन्त्रीविरुद्ध “सरोज यादव मुर्दावाद” समेत नाराबाजी गरिएको थियो।

स्थितिको संवेदनशीलता बढ्न थालेपछि धनुषा प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा राख्दै प्रदेश सभा क्षेत्रको सुरक्षा घेरा थप कडा बनाएको छ।

अभियानका नेताहरूले मदरसा शिक्षा बोर्डसम्बन्धी विधेयकले मधेश प्रदेशमा सामाजिक सद्भाव कमजोर पार्ने, राष्ट्रिय सुरक्षा जोखिम बढाउने र शैक्षिक संरचनामा अवाञ्छित असर पर्ने दाबी गर्दै सरकारले तुरुन्तै विधेयक फिर्ता लिनु आवश्यक रहेको बताएका छन्।

मुख्यमंत्री सरोज यादवलाई कालो झंडा