"सांसद सिंहको तिक्त आरोप: बालेन शाहलाई ‘हिटलर’ भन्दै संसद भवन र सिंहदरबार भत्काउने चुनौती!"

काठमाडौं: सांसद अमरेश कुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई जर्मन तानाशाह हिटलरसँग तुलना गरेका छन्।
सोमबार प्रतिनिधिसभामा बोल्दै सिंहले काठमाडौं महानगरले कवाडी व्यवसायीहरूमाथि ज्यादती गरेको आरोप लगाउँदै मेयर शाहको शैलीलाई निरंकुश भन्दै कडा आपत्ति जनाए। उनले चुनौती दिँदै भने, "हिम्मत भए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतल निवास भत्काएर देखाऊ! यस्तो शैली कानुनी राज्यमा मान्य हुँदैन।"
उनको आक्रोश आइतबार महानगरले कवाडी व्यवसाय सञ्चालन गरिरहेका ठाउँमा डोजर चलाएपछि चुलिएको हो। सो क्रममा वसन्त नेपाली, हरिष अन्सारी, हतिश देवानी रञ्जन रौनियार घाइते भएका थिए, जसको हाल उपचार भइरहेको छ।
सांसद सिंहले नागरिकको बसोबास, आवाज उठाउने तथा स्वतन्त्र रूपले हिँडडुल गर्ने मौलिक अधिकारको रक्षा गर्न सरकारलाई आग्रह गरे।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अमरेश कुमार सिंह