समाचार

मन्त्रीहरूको सम्पत्ति विवरण माग,सरकारको मौनतामा रहस्य छ?: राष्ट्रिय स्वतन्त्र पार्टी

मन्त्रीहरूको सम्पत्ति विवरण माग,सरकारको मौनतामा रहस्य छ?: राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्रीहरूको सम्पत्ति विवरण तत्काल सार्वजनिक गर्न माग गर्दै सरकारलाई घोचपेच गरेको छ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै रास्वपा सांसद अशिम शाहले सरकारको पारदर्शितामाथि प्रश्न उठाएका छन्। "सरकारले अहिलेसम्म मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छैन। पारदर्शिताको नारा लगाउनेहरू अहिले किन मौन छन्?" उनले चुनौती दिए।

सांसद शाहले मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न किन हिचकिचाइरहेको भन्दै प्रश्न गरे। "भ्रष्टाचारमुक्त शासनको दाबी गर्ने सरकारले सम्पत्ति विवरण लुकाएर राख्नु के संकेत हो? मन्त्रीहरूले सम्पत्ति विवरण नखोल्ने सरकारबाट भ्रष्टाचार नियन्त्रणको आश गर्नु बेकार हो। तुरुन्त सम्पत्ति विवरण सार्वजनिक गरियोस्!" उनले जोड दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी