समाचार

प्रधानमन्त्री ओली सेनाको हेलिकोप्टर बाट पोखरा जाँदै

प्रधानमन्त्री ओली सेनाको  हेलिकोप्टर बाट पोखरा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन्। उहाँ बिहान १० बजे बालुवाटारबाट नेपाली सेनाको कलसाइन एनए ०६७ हेलिकोप्टरमार्फत प्रस्थान गर्ने कार्यक्रम छ। दीक्षान्त समारोहमा सहभागी भइसकेपछि, उहाँ अपराह्न राजधानी फर्कने छन्।

प्रधानमन्त्री ओली पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन्। विश्वविद्यालयका कुलपति समेत रहनुभएका ओलीको उपस्थिति विशेष महत्त्वपूर्ण मानिएको छ।

यस वर्षको दीक्षान्त समारोहमा भारतको केरलामा जन्मिएका शिक्षाविद् तथा समाजसेवी जोर्ज जोनलाई प्रमुख अतिथिको रूपमा आमन्त्रित गरिएको छ। जोनले पृथ्वीनारायण क्याम्पस, महेन्द्र क्याम्पस, दीपेन्द्र प्रहरी स्कुल र गण्डकी बोर्डिङ स्कुलमा लामो समय अध्यापन गरिसकेका छन्।

पोखरा विश्वविद्यालयका अनुसार दीक्षान्त समारोहमा सात हजार ८७२ विद्यार्थी सहभागी हुँदै छन्। हाल विश्वविद्यालयमा ३९ हजार सात सय १० विद्यार्थी अध्ययनरत रहेको छ।

प्रधानमन्त्री ओलीको उपस्थितिले दीक्षान्त समारोहलाई अझ भव्य बनाउने अपेक्षा गरिएको छ।

 प्रधानमन्त्री केपी शर्मा ओली