"बालेनले गरे डिभी भिसा बन्द गर्न माग, अमेरिकालाई दिए कडा सन्देश!"

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै अमेरिकी नागरिकहरूलाई ‘अल्छी’को संज्ञा दिएका छन्। उनले अमेरिकनहरू आफ्नो देश बनाउन नसक्ने भन्दै कटाक्ष गरेका छन्।
बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत ट्रम्पलाई उल्लेख गर्दै लेखेका छन्, "धन्यवाद, तपाईंले हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो रहेको महसुस गराउनुभयो। हामी गरिब छौँ किनभने हाम्रा मानिसहरू देश छोडेर जाँदैछन्, तर तपाईंहरू गरिब हुनुहुन्छ किनभने तपाईंका मानिसहरूले देश बनाउन सक्दैनन्।"
उनले अमेरिकीहरूलाई कामचोर भन्दै ट्रम्पलाई ‘बाँकी संसारलाई चाहिने कुरा बुझ्न’ सुझाव दिएका छन्। साथै, बालेनले अमेरिकी डिभी भिसा बन्द गर्नसमेत आग्रह गरेका छन्।
ट्रम्पले जनवरी २० मा अमेरिकी राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल सम्हालेसँगै उनका नीतिहरू विश्वभर प्रभाव पारिरहेका छन्। नेपालमा समेत अमेरिकी सहयोग परियोजनाहरू प्रभावित भएका छन्। विशेषगरी, युएसएडका विभिन्न कार्यक्रमहरू स्थगित भएका छन् भने मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयनमा रोक लागेको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प