सिद्धार्थ गौतमको कडा आरोप: "सरकारको असक्षमता र लापरवाहीले नेपाली विद्यार्थीको जीवन गुम्यो!"

काठमाडौं – नेपाल डेमोक्रेसी युनियनका अध्यक्ष सिद्धार्थ गौतमले भारतीय ओडीसा राज्यको भुवनेश्वरस्थित कालिंगा ईन्सिटच्युट अफ ईन्डष्ट्रीयल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युमा सरकारको असक्षमता र लापरवाहीलाई जिम्मेवार ठहराएका छन्। उनले यो घटनामा सरकारको भूमिका र अन्य थुप्रै पक्षलाई कडा आलोचना गरे।
साथै उनले ओडिसाको (केआईआईटी) विश्वविद्यालयले गैरजिम्मेवार ढंगले नेपाली विद्यार्थीहरुलाई हेपाहा पवृत्ति देखाएको छ त्यो निन्दोनिय रहेको बताए । उनले नेपाली जनताप्रति र हाम्रो सार्वभौममिक्ताप्रति नै प्रश्न चिन्ह् खडा गरेको बताए।
प्रकृति लम्सालको मृत्यु दुखद
सिद्धार्थ गौतमले प्रकृति लम्सालको मृत्युलाई दुखद मान्दै भने, "यो घटनाले नेपालीहरूको जीवनको मूल्यलाई सरकारको असक्षमतालाई उजागर गरेको छ। यदि नेपालमा शिक्षा र स्वास्थ्य सेवाहरू प्रभावकारी भएका भए, नेपाली विद्यार्थीहरूलाई विदेशमा मर्नु पर्दैनथ्यो।"
सरकारको असक्षमता र लापरवाही
उनले भनें, "नेपाल सरकार कुर्सीको लागि मात्र दौडधुप गर्दैछ, र यसले विद्यार्थीलाइ विदेशमा अप्ठ्यारोमा पार्नकै लागि जिम्मेवार बनाएको छ। सरकारका नेताहरूलाई विद्यार्थिहरूलाई घर फर्काउन ध्यान दिनुको सट्टा, उनीहरू केवल भाषण दिनमा व्यस्त छन्।"
केआईआईटी विश्वविद्यालयको लापरवाह र अपमानजनक व्यवहार
गौतमले केआईआईटी विश्वविद्यालयको नेपाली विद्यार्थीप्रति गैरजिम्मेवार र अपमानजनक व्यवहारको कडा आलोचना गरे। उनले भने, "केआईआईटी विश्वविद्यालयको व्यवहार नेपाली जनताको इज्जत र सार्वभौमिकतासँग खेलवाड गर्दैछ। यो घटनाले हाम्रो सम्मानलाई गहिरो धक्का पुर्याएको छ।"
अमेरिकाको एमसिसि परियोजना र नेपालको आर्थिक अवस्थाको आलोचना
उनले एमसिसि परियोजना स्थगित गर्नुलाई नेपालका लागि ठूलो झटका मान्दै भने, "अर्बौं रुपैयाँ सहयोग नेपालमा आइरहेको छ, तर यी पैसाले नेपालको कायापलट गर्न सकेको छैन। नेपाल अझै भिख माग्ने र अरूको पैसामा निर्भर रहने अवस्थामा छ। अब यो अवस्था सुधारिनु पर्छ।"
नेपालको सकारात्मक विकासको अभाव
गौतमले वर्तमान सरकारको आलोचना गर्दै भने, "नेपालको विकास नकारात्मक दिशामा गइरहेको छ। शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सरकारको काम ठोस देखिँदैन। सरकार जनतालाई आशा र विश्वास दिलाउन सकिरहेको छैन।"
देशको नेतृत्वको असफलता
गौतमले नेपालका प्रमुख दलहरू एमाले र कांग्रेसको आलोचना गर्दै भने, "यी दलहरूले जनताको अपेक्षाअनुसार काम गरेको देखिन्न। तिनीहरूले देशलाई सकारात्मक दिशामा अघि बढाउन सकेका छैनन्।"
यो घटनाले नेपालको सरकारको असक्षमतालाई उजागर गर्दै, सिद्धार्थ गौतमले जनताले अपेक्षाअनुसार सरकारबाट सही कामको अपेक्षा गर्नुपर्ने बताउनुभएको छ।