सरकारको नाटक बन्द गर! काम गर्न नसक्नेले कुर्सी छोड्नू – सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवालले सरकारको आर्थिक कार्यविधि असफल हुने दाबी गर्दै प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नै स्वार्थका योजना राष्ट्रिय योजना आयोगमा घुसाएर त्यसलाई अर्थहीन बनाएको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सुवालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ संशोधन विधेयकमा विरोधको सूचना पेस गरे। उनले सरकारलाई चेतावनी दिँदै भने, "योजना आयोग मन्त्रीहरूको निर्देशनमा चल्ने होइन, सम्पूर्ण नेपाली जनता र जनप्रतिनिधिको आवाज सुन्नुपर्ने निकाय हो।"
सुवालले आर्थिक अनुशासनलाई मजबुत बनाउन नयाँ पुस्तालाई अनुशासित बनाउनुपर्ने धारणा राखे। उनले सरकारको कार्यसम्पादन सम्झौतामाथि प्रश्न उठाउँदै "नाटक बन्द गर्नू, काम गर्न नसक्नेले कुर्सी छोड्नू!" भन्ने कडा सन्देश दिए।
उनको आक्रोश यत्तिमै रोकिएन। सुवालले थपे, "सरकारले सम्झौता जनतासँग गर्नुपर्छ, आफ्ना स्वार्थका खेल बन्द गर्नुपर्छ। कुर्सी ओगटेर बस्ने समय सकियो!"
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवाल