समाचार

अमेरिकी अधिकारीको ठूलो घोषणाः 'नेपाललाई दिइने आर्थिक सहयोग निरन्तर जारी रहनेछ'

अमेरिकी अधिकारीको ठूलो घोषणाः 'नेपाललाई दिइने आर्थिक सहयोग निरन्तर जारी रहनेछ'

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक, रिकी गिलले नेपाललाई दिइने आर्थिक सहायतामा कुनै रोकावट नआउने बताएका छन्। यद्यपि राष्ट्रपति ट्रम्पले वैदेशिक सहयोग सम्बन्धी एक कार्यकारी आदेश जारी गरेपछि नेपाललाई दिइने अनुदान निलम्बनमा परेको थियो।

राष्ट्रपति ट्रम्पले नेपालका लागि अनुदानलाई 'फ्रड' भन्दै आलोचना गरे तापनि, गिलले नेपाललाई आगामी समयमा पनि आर्थिक सहयोग निरन्तर प्राप्त हुने दाबी गरेका छन्।

भारतको नयाँ दिल्लीमा परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटवार्तामा गिलले अमेरिकाको नेपालप्रति आर्थिक सहायता दिने प्रतिबद्धता दोहोर्‍याएका थिए। राइसिना डायलग कार्यक्रममा उपस्थित परराष्ट्रमन्त्री राणाले साइडलाइन वार्तामा गिलसँग नेपाली विद्यार्थी विपिनको रिहाइका लागि अमेरिकी सरकारसँग पहल गर्न आग्रह गरेकी थिइन्।

विपिनको रिहाइका लागि आफूले यसअघि पनि अमेरिकी सरकारसँग अनुरोध गरेको कुरा उल्लेख गर्दै राणाले नेपालले यसमा अमेरिकी सहयोगको आशा गरेको बताइन्। यसका अतिरिक्त, उनीहरूले नेपाल र अमेरिकाका बीचका द्विपक्षीय हितका विषयमा पनि छलफल गरेको बताएका छन्।