समाचार

भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्कन सुरु, १२६ जना उपस्थित!

भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्कन सुरु, १२६ जना उपस्थित!

 भरतपुरस्थित कारागार कार्यालयबाट समूहगत रूपमा भागेका कैदीबन्दीमध्ये केही पुनः फर्किने क्रम सुरु भएको छ। कारागार प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार बिहीबारसम्म १२६ जना कैदीबन्दी आफैं फर्किसकेका छन्। बुधबार बिहान ७४० कैदीबन्दीले सामूहिक रूपमा कारागार फोरेर पलायन गरेका थिए।

ढुङ्गानाले सबै भागेका कैदीबन्दीका परिवारसँग सम्पर्क गरेर तुरुन्तै कारागारमा उपस्थित हुन आग्रह गरिएको जानकारी दिए। उनका अनुसार “कतिपय सम्पर्कमा आइसकेका छन्, फर्किने क्रम जारी छ।”

फर्किएका मध्ये ४६ महिला कैदीमध्ये १५ जना छन् भने करिब ५० जनासम्म भने अझै सम्पर्कमा आउन सकेका छैनन्। उनले कारागारमा क्षमताभन्दा धेरै कैदी राखिएको कारणले पनि व्यवस्थापनमा चुनौती रहेको बताए।