नेपाली स्टार्टअपका लागि IIT मद्रासको निःशुल्क ८ हप्ते तालिम, आवेदन नोभेम्बर १५ सम्म
काठमाडौं — अब नेपाली स्टार्टअप उद्यमीका लागि नयाँ अवसर खुलेको छ। भारतीय दूतावास काठमाडौंले भारतीय प्राविधिक संस्थान मद्रास (IIT Madras) सँग सहकार्यमा IN-SPAN नामक नयाँ स्टार्टअप प्लेटफर्म सुरु गरेको छ, जसले नेपाली स्टार्टअपहरूलाई भारतको नवप्रवर्तन र उद्यमशीलता इकोसिस्टमसँग जोड्नेछ।
यस अन्तर्गत चयन भएका सहभागीहरूलाई ८ हप्ते निःशुल्क तालिम तथा नवप्रवर्तन कार्यक्रमका लागि IIT Madras पठाइनेछ। उक्त कार्यक्रम IITM Pravartak Technologies Foundation को सहकार्यमा सञ्चालन हुनेछ, जसमा प्रशिक्षण, मार्गदर्शन (mentorship), र इन्टर्नशिपका अवसरहरू प्रदान गरिनेछ।
यो कार्यक्रम प्रतिस्पर्धात्मक छनोटका आधारमा हुनेछ। आवेदन खुल्ने मिति नोभेम्बर १ देखि १५, २०२५ सम्मका लागि तोकिएको छ। इच्छुक उद्यमीहरूले https://shorturl.at/Au8zh बाट आवेदन दिन सक्नेछन्।
विस्तृत जानकारीका लागि https://www.indembkathmandu.gov.in/data-detail/1086 मा हेर्न सकिन्छ।
दूतावासका अनुसार, यो पहलले नेपाल र भारतबीच नवप्रवर्तन, उद्यमशीलता र प्रविधि सहकार्यका क्षेत्रमा नयाँ अध्याय सुरु गर्नेछ।