पूर्व प्रधानन्यायाधीश सुशीला कार्की आज प्रधानमन्त्री पदमा शपथग्रहण गर्दै!

लामो राजनीतिक अस्थिरताबीच नयाँ सहमति जुटेपछि नेपालको प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नियुक्त हुने निश्चित भएको छ । राष्ट्रपति कार्यालयका सल्लाहकार किरण पोखरेलका अनुसार कार्कीको शपथग्रहण आज ९ बजे शीतल निवासमा हुने तय भएको छ ।
नेपाली राजनीतिक इतिहासमा यो पहिलोपटक महिला प्रधानमन्त्रीको शपथ हुने भएको हो । कार्की यसअघि २०७३ सालमा मुलुकको पहिलो महिला प्रधानन्यायाधीश बन्नुभएको थियो । न्यायालयको नेतृत्व गरिसकेकी उहाँलाई अब कार्यकारी नेतृत्वको जिम्मेवारी दिइनु नेपालको संविधानिक अभ्यासमा नयाँ अध्याय मानिएको छ ।
यसअघि विभिन्न राजनीतिक दलबीच प्रधानमन्त्री चयनमा देखिएको तानातान अन्ततः सहमतिमा पुग्दा नयाँ सरकार गठनको मार्ग खुलेको हो । यद्यपि, विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । दलहरूले कसरी सहमति गरे, आगामी सरकारको संरचना कस्तो रहनेछ भन्ने प्रश्न अझै अनुत्तरित छन् ।
आजको शपथसँगै नेपालको राजनीतिक यात्रामा नयाँ चरण सुरु हुँदैछ, जसले आगामी दिनमा मुलुकलाई स्थिरता र संवैधानिक अभ्यासतर्फ कसरी अघि बढाउने भन्ने चुनौती समेत बोकेको छ ।