जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरी सहकर्मी र युवाको पशुपति आर्यघाटमा अन्त्येष्टि!

काठमाडौंको पशुपति आर्यघाटमा शुक्रबार ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका केही व्यक्तिहरूको अन्त्येष्टि गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार सिन्धुलीका प्रहरी सहायक निरीक्षक मिलन राई, दार्चुलाको लेकमका प्रहरी जवान उत्तम थापा र बझाङका जेनजी अभियन्ता सुवास बोहरालगायतको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरेपछि आर्यघाटमा अन्तिम संस्कार गरिएको हो।
नेपाल प्रहरीले ज्यान गुमाएका आफ्ना दुई सहकर्मीप्रति सम्मानजनक श्रद्धाञ्जली व्यक्त गरेको छ। प्रहरी अतिरिक्त महानिरीक्षकहरू सिद्धिविक्रम शाह, दानबहादुर कार्की, डा. मनोज केसीलगायत वरिष्ठ अधिकारीहरू आर्यघाट पुगेका थिए। उनीहरूले प्रहरी सहकर्मीहरूको योगदानलाई सम्झँदै परिवारजनलाई समवेदना प्रकट गरेका थिए।
जेनजी आन्दोलनका कारण देशभरि मृत्यु हुनेको सङ्ख्या हालसम्म ५१ पुगेको प्रहरी स्रोतले जनाएको छ। मृत्यु हुनेमध्ये तीन प्रहरी र एक भारतीय महिला पनि रहेको पुष्टि गरिएको छ।
राजधानीको आर्यघाटमा भोगिएको शोकमय वातावरणले आन्दोलनले पारेको गहिरो घाउ पुनः स्मरण गरायो। सबै मृतकको आत्मालाई शान्ति मिल्योश,परिवारलाइ धैय धारण को शक्ति दिनु होश पशुपति नाथले ।