समाचार

आन्दोलनपछि भागेका १३ कैदी पक्राउ, पुनः जेल पठाइयो!

आन्दोलनपछि भागेका १३ कैदी पक्राउ, पुनः जेल पठाइयो!

जेनजी आन्दोलनका क्रममा फरार भएका कैदी–बन्दीमध्ये १३ जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार पक्राउ परेकामध्ये चितवन कारागारबाट भागेका तीन जना, बाँके कारागारबाट तीन जना, नक्खु कारागारबाट एक जना र केन्द्रीय कारागारसहित अन्य स्थानबाट फरार भएका सात जनालाई नियन्त्रणमा लिएर सम्बन्धित कारागारमै पठाइएको हो।

नेपालले अझै पनि खोजी कार्य जारी रहेको भन्दै फरार कैदीलाई पक्राउ गरी कारागारमा  पुर्‍याउने प्रक्रियामा प्रहरीले निरन्तरता दिएको बताए। आन्दोलनको बीचमा कैदीबन्दीको सामूहिक रूपमा कारागार तोडफोड र भाग्ने घटना देशभर चर्चामा आएको थियो। सुरक्षा निकायले यसलाई गम्भीर चुनौतीका रूपमा लिँदै कारागार प्रणालीमा कमजोरी र सुधार आवश्यकताको बहसलाई पनि बलियो बनाएको छ।

यसबीच, पक्राउ परेका कैदीलाई पुनः कारागारमा पुर्‍याएको आन्दोलनपछि भागेका १३ कैदी पक्राउ, पुनः जेल पठाइयोभए पनि अझै कति फरार छन् भन्ने स्पष्ट संख्या सार्वजनिक भएको छैन। प्रहरी र सम्बन्धित निकायले खोजीलाई तीव्र पारेका कारण आगामी दिनमा बाँकी फरार कैदीबन्दीसमेत नियन्त्रणमा आउने अपेक्षा गरिएको छ।