समाचार खेल

जेन–जी आन्दोलनका कारण काभा महिला नेसन्स लिग स्थगित!

जेन–जी आन्दोलनका कारण काभा महिला नेसन्स लिग स्थगित!

काठमाडौँको टुँडिखेलमा आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने भनिएको काभा महिला नेसन्स लिग भलिबल स्थगित भएको छ। नेपाल भलिबल सङ्घले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)को बोर्ड अफ एड्मिनिस्ट्रेसनको निर्णयलाई उद्धृत गर्दै हालैको जेन–जी आन्दोलनपछि सिर्जित परिस्थितिका कारण प्रतियोगिता रोकिएको जनाएको छ।

सङ्घका अनुसार दर्शकको चापलाई ध्यानमा राखी यसपटक खेल खुला मैदानमा गर्ने योजना बनाइएको थियो। टुँडिखेलमै करिब आठ हजार दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माण गर्ने तयारीसमेत अन्तिम चरणमा पुगेको थियो।

नेपालको आन्तरिक अवस्था सामान्य भएपछि पुनः मिति तय गरी प्रतियोगिता आयोजना गरिने सङ्घले स्पष्ट पारेको छ। यस स्थगनले खेलाडीहरूको तयारी र उत्साहमा तत्काल प्रभाव पार्ने भए पनि सुरक्षित वातावरणमै अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्नुपर्ने आवश्यकता यसले देखाएको छ।