समाचार

महान्यायाधिवक्ता रमेश बडालको राजीनामा!

महान्यायाधिवक्ता रमेश बडालको राजीनामा!

महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीका अनुसार बडालले भदौ २४ गते नै राजीनामा दिएका हुन् । तर, उक्त पत्रको जानकारी आइतबार मात्र राष्ट्रपति कार्यालयमार्फत कार्यालयमा आएको उनले स्पष्ट पारे।

बडाललाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए। झन्डै १४ महिनापछि उनले पद त्यागेको पुष्टि भएको हो।

नेपालको न्यायिक संरचनामा महान्यायाधिवक्ताको भूमिका महत्त्वपूर्ण मानिँदै आएको छ। संविधानको पालना, कानूनी सल्लाह तथा सरकारका तर्फबाट सर्वोच्च अदालतमा बहस गर्ने जिम्मेवारी बोकेको यो पद छोटो अवधिमै खाली भएको घटनाले राजनीतिक अस्थिरता र पदस्थापनको संवेदनशीलता फेरि स्मरण गराएको छ।