सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध महानगरको अल्टिमेटम, सात दिनभित्र संरचना हटाउन आदेश
 
                                काठमाडौँ । सार्वजनिक जग्गा र मापदण्ड विपरीत निर्माण भएका संरचनामाथि काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा कठोर कदम चालेका छन्। दुवै निकायले शुक्रबार संयुक्त सूचना जारी गर्दै अतिक्रमित जग्गामा बनेका सबै संरचना सात दिनभित्र हटाउन निर्देशन दिएका छन्।
 सूचनामा उल्लेख गरिएको छ कि असोज २ गते बसेको संयुक्त बैठकले सार्वजनिक जग्गा अतिक्रमण र मापदण्ड विपरीतका संरचना खाली गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार अब सात दिनभित्र सम्बन्धित व्यक्तिले आफैंले संरचना नहटाए कारबाही गरी जग्गा खाली गरिने चेतावनी दिइएको हो।

महानगर र प्राधिकरणले सार्वजनिक सम्पत्तिको दुरुपयोग र सहरको सौन्दर्यमा असर पर्ने अवैध निर्माणमाथि अब कुनै पनि प्रकारको सहमति नदिने जनाएका छन्। यस अभियानमार्फत सहरलाई व्यवस्थित र दिगो बनाउन प्रयास गरिएको बताइएको छ।