समाचार

त्रिवि शिक्षण अस्पतालमा ४६ शव ल्याइएका मध्ये २८ को पोस्टमार्टम सम्पन्न!

त्रिवि शिक्षण अस्पतालमा ४६ शव ल्याइएका मध्ये २८ को पोस्टमार्टम सम्पन्न!

त्रिवि शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक विभागले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका मध्ये २८ जनाको शव परीक्षण (पोस्टमार्टम) सम्पन्न गरेको छ।

विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार हालसम्म ४६ शव अस्पतालमा ल्याइएका छन्। तीमध्ये २३ जना मृतकका आफन्तले शव बुझिसकेका छन् भने सात जनाको पहिचान गर्न नसकिने अवस्थामा छ।

डा. चौधरीले बताएअनुसार शवमा गोली लागेका, जलिरहेका र गम्भीर रक्तस्राव (ब्लड इन्जुरी) भएका देखिएका छन्।

पहिचान गर्न नसकिएका शवको लागि डीएनए परीक्षण गर्नुपर्ने हुन्छ भने आवश्यकताअनुसार दाँत परीक्षण र औंठाछाप (फिङ्गरप्रिन्ट) मार्फत पहिचान गर्ने प्रक्रिया अघि बढाइन्छ। “पत्र आएकाअनुसार शव परीक्षण गर्दैछौँ,” उहाँले स्पष्ट पार्नुभयो।