समाचार

तीन जना मन्त्री नियुक्ति !

तीन जना मन्त्री नियुक्ति !

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् विस्तारका लागि तीन जना नयाँ सदस्यको नाम सिफारिस गर्नुभएको छ । राष्ट्रपति कार्यालयले आइतबार पुष्टि गरेअनुसार अर्थ मन्त्रालयका लागि पूर्वसचिव रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालयका लागि नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङ र गृह मन्त्रालयका लागि अधिवक्ता ओमप्रकाश अर्याललाई नियुक्तिका लागि सिफारिस गरिएको हो ।

प्रधानमन्त्री कार्कीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेलगत्तै मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा संवाद अघि बढाएकी थिइन् । उहाँले जेनजी अभियानका प्रतिनिधि र अन्य सरोकारवालासँग निरन्तर छलफल गर्दै सिफारिस प्रक्रिया अघि बढाएको प्रधानमन्त्रीको निकट स्रोतले जनाएको छ ।

राजनीतिक परिवर्तनका संवेदनशील घडीमा गरिएको यो सिफारिसलाई जेनजी आन्दोलनपछि बनेको अपेक्षा र असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयासका रूपमा हेरिएको छ । आगामी दिनमा यी नियुक्तिहरूले राजनीतिक स्थिरता र प्रशासनिक कामकारबाहीलाई कस्तो दिशा दिने भन्ने कुरामा सबैको ध्यान केन्द्रित हुने देखिन्छ ।