नेपाली बजारमा सुन तोलामा २ लाख १७ हजार १०० पुग्यो, चाँदी पनि महँगियो!

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार तोलामा रु २ लाख १५ हजार २०० मा कारोबार भएको सुन मंगलबार रु १ हजार ९०० बढेर रु २ लाख १७ हजार १०० पुगेको हो।
चाँदीको मूल्य पनि तोलामा रु २० बढेर रु २ हजार ५९५ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस करिब ३ हजार ६८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।