बालेन्द्र शाहलाई पक्रने धम्की दिएर घुडा टेकाएका प्रदीप अधिकारी, अब फेरि भ्रष्टाचारमा घेरिँदै!

बालेन्द्र शाहलाई पक्रने धम्की दिएर घुडा टेकाएका प्रदीप अधिकारी, अब फेरि भ्रष्टाचारमा घेरिँदै!

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भएको पुरानो विवाद फेरि स्मरणयोग्य बनेको छ। केही वर्षअघि अधिकारीले शाहलाई प्राधिकरणको अधिकार क्षेत्रभित्र प्रवेश गरे पक्रने सम्मको चेतावनी दिएका थिए। सो बेला उनले ‘एक हिसाबले बालेनलाई घुडा टेकाएका’ भन्दै चर्चा भएको थियो।

यो विवाद सिनामंगल क्षेत्र नजिकको सार्वजनिक जग्गा प्रयोगबारे उत्पन्न भएको थियो। बालेन्द्र नेतृत्वको महानगरले स्थानीय संरचना र पार्क निर्माणका लागि पहल गर्दा प्राधिकरणले त्यसलाई विमानस्थल सुरक्षा र कानुनी सीमाभित्रको विषय भन्दै रोकेको थियो। त्यतिबेला प्राधिकरणको दबाबमा काम रोकिनुका साथै कानुनी प्रक्रियासमेत अघि बढाइएको थियो।

तर अहिले प्रदीप अधिकारीमाथि अर्बौं रुपैयाँको भ्रष्टाचार गरेको आरोपसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता भएपछि पुरानो विवाद फेरि सार्वजनिक चर्चामा आएको छ। पोखरा, गौतमबुद्ध, निजगढलगायत विमानस्थलमा व्यापक अनियमितता भएको दाबी गर्दै उजुरीकर्ताले उनलाई ‘भ्रष्टाचार महारथी’ को संज्ञा दिएका छन्।

उक्त उजुरी दर्ता भइसकेपछि अन्तरिम प्रधानमन्त्री सुसीला कार्कीले कारबाहीको तयारी गरिरहेकी बताइएको छ। यो प्रसङ्गलाई बालेन्द्र शाहसँग पनि जोडेर हेरिएको छ, किनकि हालै शाहले कार्कीलाई खुला समर्थन गरेका थिए। एक समय शाहलाई नियन्त्रण गर्ने चेतावनी दिने अधिकारीमाथि अहिले सरकारकै कठोर कदम चाल्ने तयारी भएको सन्दर्भले राजनीतिक वृत्तमा थप चर्चा जन्माएको छ।

अधिकारीले विगतमा बालेन्द्र शाहसँगको विवादमा देखाएको कठोरता र अहिले आफ्नै विरुद्ध दर्ता भएका गम्भीर उजुरीबीचको विरोधाभासले उनको भूमिकाप्रति प्रश्न उठेको छ। अब कार्की नेतृत्वको सरकारले उजुरीलाई कस्तो ढंगले अघि बढाउँछ भन्ने प्रतीक्षा राजनीतिक वृत्तसँगै नागरिक समाजले पनि गरिरहेको छ।

प्रदीप अधिकारी

संम्बधित खबर