समाचार अर्थ बैंकिङ

नेपालमै पहिलो! गरिमा बैंकले ल्यायो मोबाइलबाट चल्ने भर्चुअल क्रेडिट कार्ड

नेपालमै पहिलो! गरिमा बैंकले ल्यायो मोबाइलबाट चल्ने भर्चुअल क्रेडिट कार्ड

गरिमा विकास बैंक लिमिटेडले नेपालमा पहिलोपटक आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक गरेको छ। फोनपे नेटवर्कसँगको सहकार्यमा सुरु गरिएको यो सुविधा बैंकको मोबाइल बैंकिङ एप “गरिमा डिजि बटुवा” मार्फत प्रयोग गर्न सकिने गरिमा बैंकले जनाएको छ।

बैंकका अनुसार इच्छुक ग्राहकले नजिकको शाखामा उपस्थित भई फारम भरेपछि एपमार्फत सो सेवा सक्रिय गर्न सक्नेछन्। यो कार्ड प्रयोग गरी फोनपे नेटवर्कमा रहेका सबै क्यूआर कोडमा सजिलै भुक्तानी गर्न सकिने सुविधा उपलब्ध छ। प्रारम्भिक चरणमा भर्चुअल क्रेडिट कार्डको क्रेडिट सीमा न्यूनतम १० हजारदेखि अधिकतम एक लाख रुपैयाँसम्म तोकिएको छ।

ग्राहकले अधिकतम ४५ दिनसम्म बिना ब्याज रकम प्रयोग गर्ने सुविधा पाउनेछन्। त्यस्तै, राफसाफमा १० प्रतिशत वा सम्पूर्ण भुक्तानी गर्ने विकल्पसमेत उपलब्ध छ। बैंकले भौतिक कार्ड नभई एपमार्फत मात्र प्रयोग गर्न मिल्ने यस सेवाले वित्तीय कारोबारलाई थप सुरक्षित र सहज बनाउने अपेक्षा गरेको छ।

हाल गरिमा विकास बैंकका १२५ शाखा, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएम सञ्चालनमा छन्। बैंकले डिजिटल बैंकिङ प्रविधि विस्तारलाई प्राथमिकतामा राख्दै ग्राहकलाई सरल र गुणस्तरीय सेवा दिन निरन्तर प्रयास गरिरहेको जनाएको छ।

बैंकिङ क्षेत्रमा तीव्र गतिले भइरहेको डिजिटल रुपान्तरणबीच गरिमाको यो पहलले ग्राहकलाई नयाँ अनुभव दिने मात्र नभई सम्पूर्ण बजारमा प्रतिस्पर्धाको संकेत गरेको छ।