बीमा भुक्तानी गर्दा फाइदा पनि! सन नेपाल लाइफको डिजिटल पेमेन्ट क्यासब्याक योजना!

सन नेपाल लाइफ इन्स्योरेन्सले बीमाशुल्क भुक्तानी गर्ने ग्राहकलाई लक्षित गर्दै क्यासब्याक योजना सार्वजनिक गरेको छ। कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, बीमालेख नवीकरण मिति अगावै वा सो मिति पछाडि सात दिनभित्र ई–सेवा वा खल्तीमार्फत बीमाशुल्क तिर्ने ग्राहकले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक पाउने व्यवस्था गरिएको छ।
यो योजना २०८२ असोज १ गतेदेखि मङ्सिर २९ गतेसम्म लागू हुने बताइएको छ। कम्पनीका अनुसार, यस पहलले बीमा कारोबारलाई अझ डिजिटल र सहज बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ। प्रेस विज्ञप्तिमा भनिएको छ, “डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकलाई सुरक्षति र समयमै बीमा सेवा उपलब्ध गराउने हाम्रो प्राथमिकता हो।”
बीमा क्षेत्रमा पछिल्लो समय डिजिटल कारोबारको प्रयोग तीव्र रुपमा बढिरहेको छ। यस्तो योजनाले ग्राहकलाई समयमै प्रिमियम तिर्न प्रेरित गर्नुका साथै कम्पनी र ग्राहकबीचको वित्तीय कारोबारलाई सुरक्षित बनाउने तर्क कम्पनीले गरेको छ।
थप जानकारीका लागि कम्पनीले सम्पर्क नम्बर ९८०१२३४४४४, ०१–४५३६१२६/२७/२८ र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ।