नेपाल टेलिकमको संविधान दिवस गिफ्ट: सस्तोमा डाटा, भ्वाइस र एसएमएस प्याकेज!

नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा आफ्ना ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले असोज २ देखि ४ गतेसम्म लागू हुने गरी ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराउने घोषणा गरेको हो।
कम्पनीका अनुसार रु. ४९ मा एक दिन प्रयोग गर्न मिल्ने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र १०० मिनेट अन-नेट भ्वाइस सेवा प्रदान गरिनेछ। त्यस्तै, डाटा प्याकेजमा रु. १११ मा ५ दिनसम्म प्रयोग गर्न मिल्ने ६ जीबी, रु. १९९ मा ७ दिनका लागि १३ जीबी, रु. २९९ मा १२ दिनसम्मका लागि २० जीबी र रु. ३९९ मा १५ दिनसम्मका लागि ३० जीबी सुविधा उपलब्ध हुनेछ।
यसैगरी, कम्पनीले ‘फेस्टभि कम्बो प्याक’ पनि ल्याएको छ। रु. ७८९ मा उपलब्ध यो प्याकेज प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिनसम्म प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। यसमा ३० जीबी डाटा, सबै नेटवर्कमा ६०० मिनेट भ्वाइस सुविधा र २०० एसएमएस समावेश छन्। पोस्टपेड प्रयोगकर्ताले यो प्याकेज लिन चाहँदा मासिक रेन्टल चार्जमै शुल्क समायोजन हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
ग्राहकहरूले यी प्याकेज असोज २ देखि ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा नेपाल टेलिकम एप प्रयोग गरेर खरिद गर्न सक्नेछन्।
नेपाल टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरले संविधान दिवसलाई विशेष बनाउन ग्राहकहरूलाई आकर्षक प्याकेज उपलब्ध गराउने उद्देश्य रहेको बताउनुभयो ।