गोमन सर्पजस्तो ओली: अपदस्त प्रधानमन्त्रीको प्रतिशोधी खेल, जेनजि आन्दोलन दमनको प्रयास
अपदस्त प्रधानमन्त्री ओलीमाथि बदलाको छाया, जेनजि आन्दोलनलाई बलपूर्वक दबाउने प्रयास

अपदस्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोमन सर्पसरह चिप्लो, प्रतिशोधी र द्वेषपूर्ण स्वभावको व्यक्ति भनेर आलोचित गरिन्छ। कतिपय विवरणहरूमा उनको आपराधिक पृष्ठभूमि र जेलजीवनसमेत उल्लेख गरिएको छ, जसले उनीभित्र बदलाको भावना गहिरो रहेको आभास दिलाउँछ।
ओलीले आफ्ना कार्यकर्तालाई बारम्बार “कानून आफ्नै हातमा लिन”, “आईलाग्ने माथि जाईलाग्न” भन्ने जस्ता उत्तेजक निर्देशन दिएको प्रसंग स्मरण गरिन्छ। काठमाडौँ कब्ब्जा गर्ने, विपक्षीलाई बलपूर्वक दबाउने र युवा सङ्गठनमार्फत सरकारी सम्पत्ति तोडफोड गराउने कार्यमा संलग्न गराएको आरोप पनि दोहोरिँदै आएको छ। आपराधिक पृष्ठभूमिका व्यक्तिहरूसँग उनको निकट सम्बन्ध रहेको चर्चा हुन्छ, जसको उदाहरणका रूपमा प्रहरी ‘ईनकाउन्टर’ मा मारिएका गुण्डानाइके चरीलाई अस्पतालमै पुगेर भेट्नु र खुलेआम संरक्षण गर्नु प्रस्तुत गरिन्छ।
जेनजि आन्दोलनका कारण पदच्युत भएपछि ओलीभित्र प्रतिशोधको भावना अझ प्रबल भएको देखिन्छ। उनका निकट सहयोगी महेश बस्नेतले सयौँ कार्यकर्ता सडकमा उतार्ने तयारी गरिरहेको चर्चा व्यापक छ। वास्तवमा, नेपालमा देखिएको यो आन्दोलन आकस्मिक उद्वेग नभई लामो समयदेखि थिचिँदै आएको असन्तोषको विस्फोट हो। पुराना विचारधारा—समाजवाद, मार्क्सवाद र लेनिनवादप्रति आस्था हराउँदै जाँदा, नयाँ पुस्ताले स्वतन्त्रता, अवसर र पारदर्शी लोकतन्त्रको मागसहित सडक रोज्नु स्वाभाविक बनेको हो।
तर तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीले यस असन्तोषलाई समयमै बुझ्न सकेनन्। काठमाडौँका सार्वजनिक कार्यक्रममा उनलाई घेरेर विरोधका नारा उठेपछि उनले प्रहरी परिचालनमार्फत युवामाथि बल प्रयोग गर्न लगाएको तथ्य सार्वजनिक भइसकेको छ। बालेन शाहको समर्थनमा टिसर्ट लगाउनेलाई हनुमानढोकामा प्रवेश निषेध गरिएको र दशरथ रंगशालामा एमाले–निकट संगठन प्रयोग गरी आन्दोलनकारीमाथि आक्रमण गराइएको आरोप पनि जोडिन्छ। यसबीच, गुप्तचर निकायहरूले पेस गरेका चेतावनीपूर्ण प्रतिवेदनलाई ओलीले बेवास्ता गरेको विवरण उच्चस्तरीय स्रोतहरूले पुष्टि गरेका छन्।
ओलीप्रति प्रश्न बढ्दै जाँदा पनि उनी आफ्ना कार्यकर्ताको आन्ध्रभक्ति र नारा प्रदर्शनमै रमाएको आरोप छ। अहिले उनी सशस्त्र सुरक्षा घेेरोबीच सुरक्षित भए पनि, युवामाझको असन्तोष भने दिन प्रतिदिन चर्किँदै गएको छ। आलोचकहरूको भनाइमा, उनले आफ्नो राष्ट्रवादी छवि जोगाइराख्न विदेशी हस्तक्षेपको हल्ला फिजाउने रणनीति निरन्तर दोहोर्याए, तर यसपालि नागरिकहरूले त्यो ‘कार्ड’ सजिलै अस्वीकार गरेका छन्।
आजको अवस्थाले प्रष्ट देखाएको छ—ओलीले चाहे जस्तोसुकै भ्रम फैलाए वा बल प्रयोग गरेर असन्तोष दबाउने रणनीति अवलम्बन गरे पनि, जेनजि आन्दोलनले उठाएका मूल सवालहरू—स्वतन्त्रता, अवसर र पारदर्शिताको माग—अब टार्न सकिँदैन। नयाँ पुस्ताले पुराना नेताहरूको शैली र विचारधारालाई अस्वीकार गर्दै स्वतन्त्र र खुला लोकतन्त्रको पक्षमा आफ्नो आवाज बुलन्द गरिसकेको छ।