पूर्वप्रधानमन्त्रीकी पत्नी रविलक्ष्मी चित्रकारको हात काटियो!

बर्न अस्पताल किर्तिपुरमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको बायाँ हात काटिएको छ। चिकित्सकहरूको टोलीले संक्रमण थप गम्भीर हुन थालेपछि यस्तो निर्णय गरेको अस्पताल स्रोतले जनाएको छ।
२४ भदौमा जेनजी आन्दोलनको क्रममा भएको आगलागीमा खनाल दम्पतीको घर जलेको थियो। सोही घटनामा चित्रकार गम्भीर रूपमा घाइते भएकी थिइन्। उनको शरीरको करिब १७ प्रतिशत भागमा डढेलो लागेको चिकित्सकहरूले पुष्टि गरेका छन्।
उनी अहिले पनि आइसीयुमा उपचाररत छिन्। संक्रमण नियन्त्रणका लागि बुधबार गरिएको अपरेशनपछि उनको बायाँ हात कुहिनामुनि काटिएको खनालले जानकारी दिएका छन्। साथै उनलाई निमोनियाको सङ्क्रमणसमेत देखिएको छ।
आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले व्यक्तिको जीवनलाई यसरी असर पुर्याएको घटनाले देशमा राजनीतिक अस्थिरता र सामाजिक असुरक्षाबारे गम्भीर प्रश्न उठाएको देखिन्छ।