प्रधानमन्त्री कार्की र अमेरिकी राजदूत थम्सनबीच भेट!

अन्तरिम सरकार प्रमुख रहेकी प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनले बिहीबार सिंहदरबारमा शिष्टाचार भेट गरेका छन्।
भेटमा राजदूत थम्सनले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै नेपालप्रति अमेरिकाको सहयोग निरन्तर रहने स्पष्ट आश्वासन दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा थम्सनले हाल नेपालमा भइरहेको राजनीतिक संक्रमणकालीन प्रक्रियामा अमेरिकाको ध्यानपूर्वक निगरानी रहेको र लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्ने दिशा अझै सहयोग गर्ने सन्देश व्यक्त गरेका थिए। यसलाई अन्तर्राष्ट्रिय साझेदारहरू नेपालको नयाँ राजनीतिक यात्रालाई नजिकैबाट नियालिरहेका छन् भन्ने संकेतका रूपमा लिइएको छ।