भिडियोमा सार्वजनिक भयो: महोत्तरीमा बालेन्द्र शाहको घरमाथि तोडफोड आक्रमण

भिडियोमा सार्वजनिक भयो: महोत्तरीमा बालेन्द्र शाहको घरमाथि तोडफोड आक्रमण

पूर्वमन्त्री महेश बस्नेतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको महोत्तरीस्थित घरमा तोडफोड भएको भिडियो सार्वजनिक भएपछि सुरक्षा र राजनीतिक जिम्मेवारीबारे प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमार्फत उक्त घटना जनतासँग संवाद र भेटघाट गर्न रुचि नदेखाउने शाहमाथि बढ्दो सुरक्षा चुनौतीको उदाहरण भएको टिप्पणी गरेका छन्।

बस्नेतले एमाले नेताको हैसियतमा जारी गरेको प्रतिक्रियामा राजनीतिक स्वार्थका नाममा तोडफोड र आगजनीजस्ता हिंसात्मक गतिविधि वैधानिकताको खतरनाक निरन्तरता भएको बताएका छन्। उनका अनुसार, यस्तो प्रवृत्ति बढ्दै गए देश दीर्घकालीन द्वन्द्वतर्फ धकेलिने जोखिम रहन्छ।

उनले हालैको GenZ आन्दोलनमा हजारौं नागरिक प्रभावित भएको स्मरण गर्दै बदलाको भावनाले समाजलाई अझ विभाजित बनाउन सक्ने चेतावनी दिए। त्यसैले कानूनी प्रक्रिया र न्यायको बाटोमार्फत मात्र समस्या समाधान गर्न सकिने उनले उल्लेख गरे।

प्रधानमन्त्री सुसीला कार्कीलाई सम्बोधन गर्दै बस्नेतले चार बुँदे माग राखेका छन्— अपराधीलाई कठोर कारबाही गर्ने, अपराध गर्न उस्काउने समूहलाई पनि कानूनी दायरामा ल्याउने, पीडितलाई क्षतिपूर्ति तथा सुरक्षा सुनिश्चित गर्ने र सबै दल तथा नागरिकलाई पुनर्निर्माण र शान्ति–स्थायित्वतर्फ अघि बढाउने।

उनले हिंसा रोक्न, अपराधीलाई दण्डित गर्न र राष्ट्रिय एकतालाई जोगाउन सबैलाई आह्वान गर्दै यही बाटोले मात्र मुलुकको भविष्य सुरक्षित हुने दाबी गरेका छन्।


महेश बस्नेत: 

महोत्तरीमा बालेन शाहको घरमा तोडफोड भएछ्। राजनीतिक स्वार्थका नाममा हिंसा आगजनी र तोडफोडलाई वैधानिकताको खतरनाक निरन्तरता हो।

बालेनजी र उहाँहरु जस्तै साथीहरुले उस्काएर सुरु भएको यो प्रवृत्ति बढ्दै गयो भने देश दीर्घकालीन द्वन्द्वतिर धकेलिने खतरा छ।

Genz आन्दोलनमा क्षति भएका हजारौं पीडितहरूले बदलाको भावना बोके भने त्यसले हाम्रो समाजलाई झन् विभाजित बनाउनेछ। त्यसैले बदलाभन्दा कानूनी कारबाही र न्यायको बाटो अपनाउनै पर्छ।

Genz को हजुरआमा प्रधानमन्त्री सुशिला कार्कीज्यूसँग म माग गर्दछु।

१.अपराधी जस्तोसुकै शक्तिशाली किन नहोस्, कठोर कारबाही हुनुपर्छ।

२. अपराध गर्न उस्काउने ठूलो आफूलाई सभ्य र सेलिब्रिटी भन्ने समूह छ। तिनीहरुलाई पनि निर्ममताका साथ कारबाहीको दायरामा ल्याउनुपर्छ।

३. पीडितलाई क्षतिपूर्ति र सुरक्षाको ग्यारेन्टी दिनुपर्छ।

४. पुनर्निर्माण र शान्ति–स्थायित्वमा सबै दल र नागरिक मिलेर अगाडि बढ्नुपर्छ।

हिंसा रोकौं, अपराधीलाई दण्डित गरौं, र राष्ट्रिय एकतालाई जोगाऔं। यही मार्गले मात्र देशको भविष्य सुरक्षित हुन्छ।

#NoToViolence #PoliticalAccountability #Nepal

संम्बधित खबर