भ्रष्टाचारविरुद्ध जनताको बम! अख्तियार प्रमुखमा प्रेम संजेलको नाम

भ्रष्टाचारविरुद्ध जनताको बम! अख्तियार प्रमुखमा प्रेम संजेलको नाम

पूर्वनिजामति कर्मचारी प्रेम संजेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) को प्रमुखमा नियुक्त गर्नुपर्ने सुझाव सर्वसाधारणदेखि विभिन्न राजनीतिक तथा सामाजिक तहबाट सार्वजनिक भइरहेका छन्। सामाजिक सञ्जाल र जनस्तरमा सक्रिय व्यक्तिहरूले संजेललाई निडर, इमानदार र प्रशासनिक अनुभवसम्पन्न व्यक्तिका रूपमा चित्रण गर्दै अख्तियारजस्तो संवैधानिक निकायको नेतृत्वका लागि उपयुक्त भएको तर्क गरेका छन्।

हाल आयोगको नेतृत्व प्रभावकारी नदेखिएको, अनुसन्धान प्रक्रियामा ढिलाइ भइरहेको र अख्तियारको समग्र प्रभावकारिता कमजोर बनेको भन्दै सक्षम नेतृत्व चाँडै आवश्यक रहेको बहस तीव्र बनेको छ। संजेलले विगतमा विभिन्न प्रशासनिक जिम्मेवारी वहन गर्ने क्रममा देखाएको पारदर्शी कार्यशैली र दृढताले उनलाई अख्तियार प्रमुखका लागि ‘जनताको विकल्प’ बनाएको सर्वसाधारणको भनाइ छ।

यद्यपि, अख्तियार प्रमुख नियुक्त गर्ने अधिकार संवैधानिक परिषद्को भएकाले यस प्रक्रियामा कानुनी प्रावधान र मापदण्ड पालना गर्नुपर्ने हुन्छ। त्यसैले संजेलको नाममा आएको सुझाव कार्यान्वयन हुने वा नहुने तत्कालै स्पष्ट छैन। तर नागरिक तहमा उनको नाम व्यापक रूपमा चर्चामा आउनुले अख्तियारप्रति बढ्दो असन्तोष र प्रभावकारी नेतृत्वको मागलाई स्पष्ट रूपमा देखाएको छ।

संम्बधित खबर