समाचार अर्थ

विदेशी मुद्राको मूल्य फेरि बढ्यो! राष्ट्र बैंकले आज तोक्यो दर!

विदेशी मुद्राको मूल्य फेरि बढ्यो! राष्ट्र बैंकले आज तोक्यो दर!

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको अद्यावधिक विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। युरोपेली युरो एकको खरिददर १६६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १६ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ७० पैसा र बिक्रीदर १९२ रुपैयाँ ५२ पैसा तोकिएको छ।

स्वीस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७९ रुपैयाँ १० पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ०१ पैसा र बिक्रीदर ११० रुपैयाँ ४८ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १९ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७७ पैसा कायम भएको छ।

यसैगरी थाई भाट एकको खरिददर ४ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४ रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६८ पैसा, दक्षिण कोरियन वन सयको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १७ पैसा र बिक्रीदर १५ रुपैयाँ २३ पैसा, डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३० पैसा र बिक्रीदर २२ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ।

हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८ रुपैयाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४६३ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७५ पैसा, ओमानी रियाल एकको खरिददर ३६५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ०१ पैसा तोकिएको छ। भारतीय रुपैयाँ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ।

राष्ट्र बैंकले तोकेको यो विनिमयदर वाणिज्य बैंकहरूले प्रयोग गर्ने दरभन्दा केही फरक पर्न सक्ने जनाएको छ। आवश्यकता अनुसार दर कुनै पनि समयमा परिमार्जन गर्न सकिने र अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। अन्तर्राष्ट्रिय मुद्राको चलायमान मूल्यका कारण नेपाली बजारमा देखिने उतारचढाव निरन्तर निगरानीमा रहने राष्ट्र बैंकको भनाइ छ।