समाचार

शीतल निवासमा आज ३ बजे चार मन्त्रीको शपथ!

शीतल निवासमा आज ३ बजे चार मन्त्रीको शपथ!

 नयाँ मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो ३ बजे हुने भएको छ। राष्ट्रपति कार्यालयका अनुसार यसअघि दिउँसो २ बजेका लागि तोकिएको कार्यक्रम एक घण्टा पछाडि सारिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने तय भएको छ। शपथ लिने मन्त्रीहरूमध्ये शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी महावीर पुनले पाएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जगदीश खरेल, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा मदन परियार र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अनिलकुमार सिन्हालाई नियुक्त गरिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबारै नयाँ मन्त्रीहरूको नियुक्ति पत्र प्रदान गरेका थिए। यससँगै अन्तरिम सरकारको मन्त्रिपरिषद् थप सुदृढ हुने संकेत देखिएको छ।