समाचार

झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको नयाँ दिल्लीमा उपचार सुरु!

झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको नयाँ दिल्लीमा उपचार सुरु!

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य उपचार भारतमा सुरु भएको छ। पारिवारिक स्रोतका अनुसार सोमबार राति एयर एम्बुलेन्समार्फत उनलाई नयाँ दिल्लीस्थित एपोलो अस्पताल पुर्‍याइएर तत्कालै भर्ना गरिएको हो। उपचारका क्रममा खनाल आफैं, उनका छोरा र सहयोगी पनि दिल्ली पुगेका छन्।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा खनाल निवासमा भएको आगलागीमा चित्रकार गम्भीर रूपमा घाइते भएकी थिइन्। प्रारम्भिक उपचारका लागि उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा राखिएको थियो। त्यही क्रममा उनको बाँया हात गुमेको परिवारले जनाएको छ।

नवीनतम उपचारका लागि भारतमा सारिएको यस प्रक्रियाले उनको स्वास्थ्य सुधारतर्फ अपेक्षा जगाएको छ। परिवारले उपचारमा सहयोग र शुभकामना व्यक्त गर्ने सबैप्रति आभार प्रकट गरेको छ।